वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्न भएको छ । बैठकको लागि कार्यसूची तयार गर्न आजै बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि उनलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता गरिएको छ ।

सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयले जनाएको छ ।