ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युवराज दुलालको व्यंग्य
नेकपाका सांसद् तथा मुख्य सचेतक युवराज दुलालले भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भनेर दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकबाट उनले रास्वपाका सभापति रवि लामिछानेलाई प्रश्न गर्दै मन्त्रीको अभिव्यक्ति विधिको शासन विपरित रहेको भन्दै विरोध गरेका हुन्।
‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नु भएको थियो। आज एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रुपमा निर्देशन दिनु भएछ,’ दुलालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वाह! विधिको शासन की धम्किको शासन मन्त्री जी?! तपाईको उक्त अभिव्यक्ति निन्दनीय छ।’
उनले देशको मन्त्रि, युवाको आदर्शबाट अब नव युवाले के सिक्ने भन्ने प्रश्न पनि गरेका छन्।
‘तपाईँ देशको मन्त्रि, युवाको आदर्श! तपाईबाट नवयुवाले के सिक्ने? सुकुम्वासी बस्तीमा अमानवीय आक्रमण, कैलालीमा टेम्पो भिरबाट गुल्ट्याउने र घरका छानामाथि ढुंगा हान्ने बहादुर सरकार आज निर्माण व्यवसायीलाई खुट्टा भाँच्न निर्देशन दिनु के ठूलो कुरा भयो र?,’ उनले भनेका छन्, ‘अतिक्रमित भूमिको बारेमा भारतसँग बोल्न पो डिप्लोम्याटिक च्यानल्ज प्रयोग गर्नु पर्छ त, नेपाली थर्काउन त मन्त्रि नै पर्याप्त छन् नि होइन्, कि कसो सभापती जी?’
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
प्रतिक्रिया