तयार भयो नयाँ संसद् भवनको बैठक कक्ष (तस्वीरहरु)
काठमाडौं । नयाँ संसद् भवनको मुख्य बैठक कक्ष तयार भएको छ । सभामुख डोल प्रसाद अर्यालको नेतृत्वमा आज बैठक कक्ष अवलोकन भएको छ ।
अवलोकन टोलीले भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिएको छ ।
नयाँ संसद् भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १ असोज २०७६ मा गरेका थिए । त्यसको १६ दिनपछि ठेकेदारसँग ६ अर्ब ९२ करोड रुपैयाँमा सम्झौता भएको थियो ।
संसद्को नयाँ भवन अत्याधुनिक र सुविधासम्पन्न छ । भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् । संसद् सचिवालय, राष्ट्रिय सभा र प्रनिनिधिसभाका लागि आवश्यक संरचना नजिकै राखिएको छ ।
नयाँ संसद् भवन क्षेत्रको मध्यभागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ ।
एकापट्टि संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एकापट्टि संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।
प्रतिनिधिसभा बैठक कक्ष ७०० सिट क्षमताको छ । कहिलेकाहिँ प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नुपर्ने भएकाले सिट क्षमता ७०० बनाइएको हो ।
सभाहल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबी छ ।
साना–ठूला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाइएको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।
संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन छ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैंचा र सानो चौर छ ।
प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मल्निे पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र छ ।
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
अमेरिका–इरान युद्ध अन्त्यतर्फ ? तेल बजारमा ठूलो राहत, कच्चा तेलको मूल्य ५% नजि…
पूर्व दूरसञ्चार प्रमुख दिगम्बर झा अर्बौंको सेयर काण्डमा मुछिए, ८१ जनाविरुद्ध मु…
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
प्रतिक्रिया