पूर्व दूरसञ्चार प्रमुख दिगम्बर झा अर्बौंको सेयर काण्डमा मुछिए, ८१ जनाविरुद्ध मुद्दा दायर
नेपालको हालसम्मकै सबैभन्दा ठूलो धितोपत्र (सेयर) बजार म्यानुपुलेसन प्रकरणमा पूर्व दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा समेत तानिएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विवादास्पद व्यापारी दीपक भट्ट, सुलभ अग्रवालसहित ८१ जनाविरुद्ध अर्बौं रुपैयाँको बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
अभियोगपत्रअनुसार हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक समिति सदस्य रहेका झाले कम्पनीको रकम प्रयोग गरी कृत्रिम रूपमा सेयर मूल्य बढाउने योजनामा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलेको आरोप छ। प्रतिवादीहरूले सर्कुलर ट्रेडिङ र वाश ट्रेडिङमार्फत विभिन्न कम्पनीको सेयर मूल्य अस्वाभाविक रूपमा बढाई लगानीकर्तालाई भ्रमित पारेको आरोप लगाइएको छ।
सरकारी वकिलले ७३ वर्षीय झालाई हाल फरार प्रतिवादीको सूचीमा राखेको छ। अभियोगपत्रमा हिमालयन लाइफ इन्स्योरेन्सलाई मात्रै ४ करोड ५० लाख रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्याएको उल्लेख गरिएको छ भने अन्य वित्तीय संस्थाहरूलाई समेत ठूलो क्षति पुगेको दाबी गरिएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत गम्भीर आर्थिक अपराधको अभियोग लगाइएका झासहितका प्रतिवादीहरूमाथि कैद, जरिबाना तथा करोडौँ रुपैयाँ क्षतिपूर्ति असुलीको माग गरिएको छ। यो प्रकरणलाई नेपालको सेयर बजार इतिहासकै सबैभन्दा ठूलो बजार म्यानुपुलेसन काण्डका रूपमा हेरिएको छ।
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
तयार भयो नयाँ संसद् भवनको बैठक कक्ष (तस्वीरहरु)
अमेरिका–इरान युद्ध अन्त्यतर्फ ? तेल बजारमा ठूलो राहत, कच्चा तेलको मूल्य ५% नजि…
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
सुन प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुग्यो
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
प्रतिक्रिया