ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ
कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र ईलाका प्रहरी कार्यालय मालाखेतीले ४ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।
ट्याम्पो खसालेको भिडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय समेतले चासो लिएपछि प्रहरीले संलग्नलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । प्रहरी स्रोतका अनुसार सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका १० जना वन रक्षक समेत जुनियर कर्मचारी हुन् । जिल्ला वन अधिकृत (डीएफओ) रामविचारी ठाकुरसहित उच्च पदस्थ कर्मचारीहरू जिल्ला प्रशासन कार्यालय कैलालीमा छलफलमा जुटेका छन् ।
वन क्षेत्रको जग्गा अतिक्रमण गरेर ट्याम्पोमा खोका पसल सञ्चालन गरिरहेको अवस्थामा देखिएपछि ट्याम्पोलाई हटाइएको थियो । जिल्ला वन कार्यालय कैलालीले खोका पसललाई हटाउन खोज्दा भीरमा खसेको स्पष्टीकरण दिएको थियो ।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइसम्बन्धी नयाँ व्यवस्…
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
रोमानियाकाे नयाँ प्रधानमन्त्रीमा भेस्टिया
भारतीय प्रहरीको फरार सूचीमा रहेका एक भारतीय नागरिक विराटनगरको एक होटलमा म…
सेफ सन्तोष साह दुई दिन देखी प्रहरीको हिरासतमा
डोनाल्ड ट्रम्पको जन्मदिनमा ‘फाइट नाइट’
एमालेको संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिव महेशकुमार बर्तौला नियुक्त
प्रतिक्रिया