सेफ सन्तोष साह दुई दिन देखी प्रहरीको हिरासतमा
सेफ सन्तोष साह दुई दिन देखी प्रहरीको हिरासतमा छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।
सिरहाको कर्जन्हा नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४० वर्षीय सन्तोषले मिथिला थाली नामको चेक रेस्टुरेन्ट सञ्चालन गरेका छन्। उनीहरू विरुद्ध आर्जव होल्डिङ प्रालिका सञ्चालक सकुन्तला अधिकारीले जाहेरी दिएकी थिइन् । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो । नक्साल स्थित गैरीधारामा रहेको सो रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गरेको थियो।
आर्जव होल्डिङसँग मिथिला थालीले २ करोड २५ लाखमा रेस्टुरेन्ट खरिद गरेको थियो । खरिद गर्दा साहले २५ लाख बराबरको ३ थान चेक आर्जव होल्डिङका सञ्चालकलाई दिएका थिए। चेक नसाटिएपछि साह विरुद्ध बैंकिङ कसुरमा जाहेरी दर्ता गरेर प्रहरीले अदालतमा मुद्दा लगेको थियो । बैंकिङ कसुरको सो मुद्दा फैसला भैसकेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले २०८२ फागुन २५ मा सो मुद्दामा साहका दाजुभाइलाई २५ लाख बिगो भराएर ५ प्रतिशत जरिवाना हुने फैसला गरेका थिए । उनीहरू दुवैलाई जनही १ महिना कैद सजाय हुने अदालतको ठहर छ । बैंकिङ कसुर मुद्दामा साहलाई आइतबार अदालतमा उपस्थित गराइने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
सन्तोष साह विरुद्ध प्रहरीमा अर्को जाहेरी पनि दर्ता भएर अनुसन्धान भइरहेको छ । ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरूद्ध जाहेरी दर्ता भएर अनुसन्धान भइरहेको हो । ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको एसएसपी खड्काले जानकारी दिए। ४ लाख ५० हजारको ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न सोमबार अदालतबाट म्याद लिइने प्रहरी अधिकृतहरू बताउँछन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी मुद्दामा थप अनुसन्धान गर्न साहलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ।
साह २०२० को बीबीसी मास्टर सेफ हुन् । बेलायतमा खानाका परिकारसम्बन्धी ‘बीबीसी मास्टरसेफ द प्रोफेसनल्स’ मा प्रतिस्पर्धा गर्दा ‘सेकेन्ड रनरअप’ घोषित भएपछि साहको चर्चा चुलिएको थियो।
त्यसपछि उनले लण्डनबाट नेपाल फर्केर मिथिला थाली नामको रेस्टुरेन्ट सञ्चालन गर्न थालेका हुन् । ललितपुरको झम्सिखेल, काठमाडौँको गौशाला र गैरीधारा तथा जनकपुरमा उनले मिथिला थाली सञ्चालन गरेका छन्।
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल नजिकको क्षतिग्रस्त गाइडबण्ड पुनर्…
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइसम्बन्धी नयाँ व्यवस्…
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
रोमानियाकाे नयाँ प्रधानमन्त्रीमा भेस्टिया
भारतीय प्रहरीको फरार सूचीमा रहेका एक भारतीय नागरिक विराटनगरको एक होटलमा म…
डोनाल्ड ट्रम्पको जन्मदिनमा ‘फाइट नाइट’
एमालेको संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिव महेशकुमार बर्तौला नियुक्त
प्रतिक्रिया