यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइसम्बन्धी नयाँ व्यवस्था
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइसम्बन्धी नयाँ व्यवस्था गरेको छ। अब म्याद सकिन १ वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सहरू तत्काल छापिने छैनन्।
विभागका अनुसार यस्ता लाइसेन्स नवीकरण गरेपछि मात्र नयाँ कार्ड प्रिन्ट गरेर उपलब्ध गराइनेछ। तर कुनै सेवाग्राहीलाई तत्काल आवश्यकता परेमा भने निवेदनका आधारमा लाइसेन्स छापिने व्यवस्था गरिएको छ।
हाल लाइसेन्सको अवधि ५ वर्ष रहेकोमा नवीकरणपछि यसको अवधि १० वर्ष कायम हुनेछ। म्याद सकिन केही समय मात्र बाँकी रहेका लाइसेन्स अहिले नै छाप्दा केही समयमै पुनः नवीकरण गर्नुपर्ने भएकाले राज्यको खर्च बढ्ने र व्यवस्थापनमा पनि समस्या हुने विभागको भनाइ छ।
विभागका अनुसार हाल छाप्न बाँकी रहेका लाइसेन्समध्ये ठूलो संख्यामा प्रिन्ट प्रक्रिया अगाडि बढिसकेको छ। नयाँ व्यवस्थाले लाइसेन्स वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
दुबईका बैंकहरूमा वर्षौंदेखि ठूलो मात्रामा इरानको निक्षेप
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : आज पहिलो दिन के गरे ?
प्रधानमन्त्री शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरे
बालेन सरकारले ३१ वर्षअघिको फाइल खोलेपछि चौतर्फी प्रशंसा
सभापति लामिछाने को पहलमा सुरु गरिएको यो अभियानलाई रास्वपाले संगठनभित्र पा…
कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल नजिकको क्षतिग्रस्त गाइडबण्ड पुनर्…
प्रतिक्रिया