चुनावको परिणामलाई लिएर हार नमानेको बताए : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर हार नमानेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चूनावमा सोचेजस्तो परिणाम नआएपनि हार नमानेको बताएका हुन् ।
उनले पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए । ‘पछिल्लो निर्वाचन हाम्रा लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलोका रूपमा हामीले लिएका छौं,’ घिसिङले भने ।
जनताको विश्वास र माया आफूहरूले नगुमाएको उनले दाबी गरे । उनले भने, ‘आगामी दिनमा जनताको विश्वासलाई शक्तिमा परिणत गर्नेगरी हामी अघि बढ्छौं ।’
अबको समय पार्टी विस्तारमा लाग्नुपर्नै बताउँदै उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
फोहरबाट रोजगारी र आम्दानी
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना
प्रतिक्रिया