सिथो फिफा विश्वकप २०२६ मा रातो कार्ड पाउने पहिलो खेलाडी
काठमाडौँ । दक्षिण अफ्रिकाका डिफेन्डर याया सिथो फिफा विश्वकप २०२६ मा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।
बिहीबार राति मेक्सिकोविरुद्ध जारी विश्वकपको उद्घाटन खेलमा सिथोले गोल गर्ने स्पष्ट अवसर रोकेको ठहर गर्दै रेफ्रीबाट सिधा रातो कार्ड पाएका हुन्।
समूह ‘ए’ अन्तर्गत मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा भएको खेलमा सिथोले मेक्सिकन खेलाडीलाई गोल गर्ने अवसरबाट वञ्चित गराएपछि उनलाई मैदानबाट बाहिर पठाइएको थियो।
सिथोको बहिर्गमनसँगै दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भएको छ।
यससँगै उनी फिफा विश्वकप २०२६ मा पहिलो रातो कार्ड पाउने खेलाडीका रूपमा पनि दर्ज भएका छन्।
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया