अर्थमन्त्रीले बजेटमा छेडखानी गर्नुभयो, छानविन होस् : गुरु बराल

नेकपा एमालेका सांसद गुरु बरालले विगतको कुरालाई देखाएर अर्थमन्त्रीले बजेटमा छेडखानी गर्न नपाउने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा छेडखानी गरेको आरोप पनि लगाए। 

‘विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि प्रतिपक्ष तयार छन्,’ उनले भने, ‘हिजो प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको बताउनु भयो। देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर केही सन्दर्भहरू उठाउनुभयो। विगतका सबै घटनाहरूलाई दूधको दूध पानीको पानी गरेर छुट्टाउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यपनलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउन चाहन्छ।’

विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीले बजेटको दररेटमाथि छेडखानी गरेर राजश्वलाई तलमाथि गरेको आरोप पनि उनले लगाए। 

‘यस विषयमा अर्थमन्त्रीको अविलम्ब सभामुख मार्फत् ध्यान आकृष्ट गरियोस्। एउटा संसदीय समिति मार्फत् मात्रै यो विषयलाई छानबिन गरेर निरूपित गर्नुपर्छ,’ उनले भने, ‘अन्यथा यस खालका चलनहरू चलिरहनेछन्, गलत चिजहरूको नजिर र अभ्यास बसिरहनेछ। यसलाई सदाको लागि अन्त्य गर्नको लागि संसदीय छानबिन समिति बनाइनुपर्छ।’

सरकार आफैँ धामी, आफैँ बोक्सी: गृहमन्त्री गुरुङको पुनरागमनप्रति कांग्रेसको आपत्ति

सरकार आफैँ धामी, आफैँ बोक्सी: गृहमन्त्री गुरुङको पुनरागमनप्रति कांग्रेसको आपत्…

एसएसबीले नेपालीलाई हप्कीदप्की गरे रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई

एसएसबीले नेपालीलाई हप्कीदप्की गरे रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी

ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी

बालेन र रविनिकट मन्त्रीहरूबीच विश्वासको संकट, सूचना ‘लिक’ हुँदा दबाबमा सरकार

बालेन र रविनिकट मन्त्रीहरूबीच विश्वासको संकट, सूचना ‘लिक’ हुँदा दबाबमा सरकार

आक्रमण रोकिएको ट्रम्पको घोषणा, इरानको अस्वीकारले मध्यपूर्वी कूटनीति फेरि अनिश्चित

आक्रमण रोकिएको ट्रम्पको घोषणा, इरानको अस्वीकारले मध्यपूर्वी कूटनीति फेरि अनिश्च…

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

‘विद्युत् व्यापारमा निजी क्षेत्र प्रवेश गराउन विद्युत् प्राधिकरण सकारात्मक’

‘विद्युत् व्यापारमा निजी क्षेत्र प्रवेश गराउन विद्युत् प्राधिकरण सकारात्मक’