ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा ठूलो हमला गर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्रूथमार्फत उनले अमेरिकाले आज राति इरानमा ठूलो हमला गर्ने बताएका हुन् ।
‘संयुक्त राज्य अमेरिका आज राति इरानमाथि जोडदार हमला गर्नेछ । इरानको नौसेना, वायुसेना, राडार, वायु रक्षा प्रणाली र उसको अधिकांश आक्रामक क्षमता पहिले नै खतम भइसकेको थियो,’ ट्रम्पले भनेका छन् ।
यस्तै उनले निकट भविष्यमै अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र, खार्ग र अन्य आयल पूर्वाधारमा नियन्त्रण कायम गर्ने दाबी गरेका छन् । यस्तै इरानको तेल र ग्यास बजारमा पनि अमेरिकाको पूर्ण नियन्त्रण हुने उनले भनेका छन् ।
उता ट्रम्पको यो बयानपछि इरानले अमेरिका, युरोप र मध्यपूर्वका २२ देशलाई चेतावनी दिँदै इरानको जमिनमा इरानी नागरिकलाई निशाना बनाउन बन्द गर्न भनेको छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
आइतबार चीन जाँदै परराष्ट्रमन्त्री खनाल
इरान-अमेरिका सम्झौता अन्योलमा, मध्यपूर्वमा कूटनीतिक अनिश्चितता
सरकार आफैँ धामी, आफैँ बोक्सी: गृहमन्त्री गुरुङको पुनरागमनप्रति कांग्रेसको आपत्…
एसएसबीले नेपालीलाई हप्कीदप्की गरे रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई
अर्थमन्त्रीले बजेटमा छेडखानी गर्नुभयो, छानविन होस् : गुरु बराल
प्रतिक्रिया