प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु
काठमाडौँ, २७ जेठः प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ ।
सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित सोसम्बन्धी छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल मात्रै हुने र मन्त्रालयगत कार्यक्रम तथा योजनाका बारेमा विनियोजन विधेयकमाथि विस्तृत छलफल गरिने व्यहोरा जानकारी गराउनुभयो । उहाँले छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको जानकारी दिनुभयो ।
सांसदहरूले आव २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिइरहनुभएको छ । बैठकमा अर्थमन्त्री वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेर तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सुनाउनुभएको थियो ।
सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको नाम मनोनयन तथा सभाअन्तर्गतका विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गरेको व्यहोरा सभालाई जानकारी गराउनुभएको थियो । सो हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रियसभाबाट संविधानः तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराउनुभयो ।
अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै दुर्घटनाग्रस्त
नेपाल भित्र्याइएका ६४९ वटा बीवाईडी विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपास प्…
२० हजार कर्मचारी एकैपटक घर जाँदै? एकैपटक १० हजारलाई अनिवार्य रिटायरमेन्ट !
अब इन्टरनेटदेखि बिजुलीसम्म बन्द गर्न नपाइने, सरकारले २५ अत्यावश्यक सेवामा हड्ता…
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन
रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
प्रतिक्रिया