अब इन्टरनेटदेखि बिजुलीसम्म बन्द गर्न नपाइने, सरकारले २५ अत्यावश्यक सेवामा हड्ताल मिषेक गर्यो
सरकारले इन्टरनेट, टेलिफोन, सञ्चार, मौसम पूर्वानुमान र विद्युत् लगायत २५ वटा अत्यावश्यक सेवामा बन्द-हड्ताल गर्न निषेध गरेको छ।
सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत यी सेवाहरूलाई अत्यावश्यक सूचीमा राखेको हो। अब इन्टरनेट तथा टेलिफोन सेवा ठप्प पार्ने, सञ्चार प्रणाली अवरुद्ध गर्ने वा मौसम तथा बाढी पूर्वसूचना सेवामा असर पर्ने गरी गरिने हड्ताल कानुनी रूपमा निषेध हुनेछ।
सरकारको निर्णयले नागरिकको दैनिक जीवन, डिजिटल सेवा, अनलाइन कारोबार, सञ्चार पहुँच तथा आपतकालीन सूचना प्रवाहलाई निरन्तर सञ्चालनमा राख्ने अपेक्षा गरिएको छ। सञ्चार र प्रविधिका साथै विद्युत्, स्वास्थ्य, खानेपानी, यातायात, बैंकिङ तथा पेट्रोलियम आपूर्ति जस्ता सेवाहरू पनि अत्यावश्यक सूचीमा समावेश गरिएका छन्। सरकारले सार्वजनिक हित र सेवा प्रवाहमा अवरोध नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
राष्ट्रिय हित को लागि गुमेको भुभाग फर्काउन पहिलो ब्रह्मास्त्र
एक कराडका मोवाइल नष्ट गरपाछ बर्बोच्चको आदेश जफत गरिएका मोबाइ र डाटा नष्ट न…
प्रतिक्रिया