पहिराले कर्णाली करिडोर अवरुद्ध
पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ ।
मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्नेे नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्ड अवरुद्ध भएको हो ।
वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएका कारणले कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तीन सयभन्दा बढी यात्रु बाटोमै अलपत्र परेका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो । वर्षा नरोकिएका कारण पहिरो पन्छाउन उपकरण प्रयोग गर्न नसकिएको उहाँले बताउनुभयो ।
आज बिहानैदेखि डोजरले पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि झण्डै तीन किलोमिटर सडकमा लेदो बगेकाले पन्छाउन कठिन भएको प्रहरी नायव उपरीक्षक खत्रीले बताउनुभो । कर्णाली करिडोर हुँदै कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, पचालझरना, बाजुरा र हुम्लाबाट आएका सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन् । बिरामी, परीक्षार्थी र काम विशेषले हिँडेका यात्रु लालीघाट, रेगिंल, सान्नीगाड र खुलालुमा अलपत्र परेका छन् ।
मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
राष्ट्रिय हित को लागि गुमेको भुभाग फर्काउन पहिलो ब्रह्मास्त्र
एक कराडका मोवाइल नष्ट गरपाछ बर्बोच्चको आदेश जफत गरिएका मोबाइ र डाटा नष्ट न…
अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै दुर्घटनाग्रस्त
नेपाल भित्र्याइएका ६४९ वटा बीवाईडी विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपास प्…
२० हजार कर्मचारी एकैपटक घर जाँदै? एकैपटक १० हजारलाई अनिवार्य रिटायरमेन्ट !
अब इन्टरनेटदेखि बिजुलीसम्म बन्द गर्न नपाइने, सरकारले २५ अत्यावश्यक सेवामा हड्ता…
प्रतिक्रिया