श्रीमती हत्या आरोपी ‘नेपाली ब्रो’लाई पाँच दिन थुना अनुमति
सैनिक कर्मचारीसमेत रहेकी श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापामाथि अनुसन्धान गर्न काठमडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।
भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए । जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भुजेलमाथि रड प्रहार गरेर हत्या गरेको आरोप थापामाथि लागेको छ ।
थापालाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि हाजिर गराइएको थियो । अदालतका सूचना अधिकारी शिव खतिवडाले अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको जानकारी बाह्रखरीलाई दिए । न्यायाधीश पिताम्बर शर्माको इजलासबाट म्याद थपका लागि अनुमति प्रदान गरिएको हो ।
अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै दुर्घटनाग्रस्त
नेपाल भित्र्याइएका ६४९ वटा बीवाईडी विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपास प्…
२० हजार कर्मचारी एकैपटक घर जाँदै? एकैपटक १० हजारलाई अनिवार्य रिटायरमेन्ट !
अब इन्टरनेटदेखि बिजुलीसम्म बन्द गर्न नपाइने, सरकारले २५ अत्यावश्यक सेवामा हड्ता…
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन
रानीसैन घटनाः बजार र कर्णाली करिडोर बन्द
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
प्रतिक्रिया