करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
करका दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट हुनु गम्भीर विषय भएको भन्दै शाहीले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानविन हुनुपर्ने समेत बताए । उनले करका दर परिवर्तन हुने सूचना चुहावटकै आधारमा ७५६ वटा गाडी केरला नाकाबाट नेपाल भित्रिएको समेत जिकिर गरे ।
उनले भने ‘करका दरको विषयमा अर्थमन्त्रीबाहेक कसलाई थाहा हुन्छ ? त्यो कुरा स्वयं अर्थमन्त्री र उनले स्वीकृत गरेको व्यक्तिबाहेक अरू कसैलाई पनि थाहा हुँदैन । तर आज सूचना लिक भएर ७५६ वटा गाडी केरला नाकाबाट भित्रिन्छन्, १४ गते भन्सार पास गरिन्छ । अनि जेठ २० गते गाडी आउँछन् । अनि यो चुहावट कसले गर्यो ? अनि सरकारले आफैँले छानबिन समिति बनाउँछ । आफैँले समिति बनाएर कर्मचारी डाम्नेतिर जान्छ । बजेट बन्दाखेरी करका दरको हेरफेर गर्ने कुरा अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन । त्यसको दुरुपयोग गरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ सम्माननीय सभामुख महोदय । आजको कसको आधारमा गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ ।’
उनले संख्याकै बलमा कुशासनको बाटोमा नलाग्न समेत रास्वपालाई आग्रह गरे ।
व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
७ वर्षमा पहिलो पटक चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
कोहलपुरका विद्यालय तीन दिन बन्द
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिक्रिया