व्यवसायी दिपक र शुलभलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थप हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति लिएको छ ।

सोमबार विशेष अदालतले दुवै प्रतिवादीलाई थप ३/३ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ । भट्टलाई आठौँपटक र अग्रवाललाई नवौँपटक हिरासतमा राख्न म्याद थप भएको छ ।

विशेष इजलासका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त आदेशबाट म्याद थप भएको जनाइएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि व्यवसायी दीपक भट्टलाई चैत १८ गते ललितपुरबाट पक्राउ गरिएको थियो । शुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको थियो ।