किन ट्रम्पले अन्तर्वार्ता बीचमै छोडेर हिँडे ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्ता बीचमै छोडेर हिँडेका छन् । आफ्नो चुनावी धाँधलीसम्बन्धी दाबीमाथि बारम्बार प्रश्न उठेपछि उनले अन्तर्वार्ता बीचमै छोडेर हिँडेका हुन् ।
आइतबार प्रसारण भएको ‘मिट द प्रेस’ कार्यक्रममा प्रस्तोता क्रिस्टेन वेल्करले ट्रम्पका विभिन्न दाबीमाथि प्रश्न उठाएपछि अन्तर्वार्ता तनावपूर्ण बनेको थियो । अन्ततः ट्रम्पले सञ्चारमाध्यमलाई ‘भ्रष्ट’ भन्दै अन्तर्वार्ता छोडेर बाहिरिएका थिए ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले क्यालिफोर्नियामा हालै सम्पन्न प्राथमिक निर्वाचन (प्राइमरी) र सन् २०२० को राष्ट्रपतीय निर्वाचन दुवैमा धाँधली भएको दाबी दोहोर्याएका थिए ।
जब वेल्करले क्यालिफोर्नियाको निर्वाचनमा धाँधली भएको प्रमाण मागिन्, ट्रम्पले जवाफ दिए, “मैले देखेको र सुनेको कुरा नै पर्याप्त प्रमाण हो ।”
त्यसपछि वेल्करले प्रतिप्रश्न गर्दै भनिन्, “तर, त्यो प्रमाण होइन ।”
यसपछि ट्रम्प झन् आक्रोशित देखिए । उनले सञ्चारमाध्यमलाई ‘भ्रष्ट’ भन्दै प्रस्तोतामाथि पनि कटाक्ष गरे । “उनीहरू भ्रष्ट छन्, ठीक तपाईं जस्तै,” ट्रम्पले भने ।
वेल्करले त्यसको जवाफमा भनिन्, “निष्पक्ष रूपमा भन्नुपर्दा म भ्रष्ट छैन । तर, हामी कुराकानीलाई अगाडि बढाऔँ ।”
तर, ट्रम्प त्यसमा सहमत भएनन् । उनले वेल्करलाई “कि त भ्रष्ट, कि त मूर्ख” भएको आरोप लगाउँदै अन्तर्वार्ता टुंग्याउने घोषणा गरे ।
“अब यो बन्द गरौँ, किनभने मेरो लागि यति नै पर्याप्त छ । धन्यवाद प्रिय, राम्रो समय बिताउनुहोला,” ट्रम्पले भने ।
यो अन्तर्वार्ता विस्कन्सिन राज्यमा किसानहरूसँगको एक कार्यक्रममा सहभागी हुने क्रममा एउटा गोठभित्र रेकर्ड गरिएको थियो । एनबीसीका अनुसार वर्षा, प्राविधिक समस्या तथा धातुको छानामा परेको पानीको ठूलो आवाजका कारण अन्तर्वार्ता पटक–पटक प्रभावित भएको थियो ।
राष्ट्रपति ट्रम्प करिब ५० मिनेटसम्म अन्तर्वार्तामा सहभागी भएका थिए ।
अन्तर्वार्ताको अधिकांश समय इरानसँगको तनाव, अमेरिकी सैन्य नीति तथा विदेश नीतिका विषयमा केन्द्रित थियो ।
फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको चेतावनी
एसियाली खेलकुद छनोटको फाइनलमा हङकङसँग भिड्दै नेपाल
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
विश्वकप अघि इङ्ग्ल्याण्ड फुटबल टोलीको प्रशिक्षण केन्द्र नजिकै अन्धाधुन्ध गोली प्रहार
२० दिन विदा बसेर काममा फर्किइन न्यायाधीस मल्ल
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द, ट्रम्प भन्छन्- निर्णय म गर्छु, नेतन्य…
प्रतिक्रिया