c
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनः निर्वाचित हुनुभएको छ ।
पार्टीको आइतबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । पार्टी सङ्गठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म सङ्गठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उहाँलाई दोस्रो कार्यकालका लागि जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
रास्वापको स्थापनादेखि सुर्खेतको नेतृत्व गर्दै आउनुभएका सापकोटा गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचिनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ कर्णाली प्रदेशमा रास्वपाबाट निर्वाचित हुने एकमात्र प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
सभापति सापकोटाका अनुसार आफू सर्वसम्मत भए पनि रास्वपा सुर्खेतका बाँकी पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य चयनको टुङ्गो अब बस्ने निर्वाचन समितिको बैठकले लगाउने छ । जिल्ला कार्यसमिति १३ सदस्यीय हुने उहाँले जानकारी दिनुभयो ।
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
सुधन गुरुङको सेयरमा स्रोत लगानी भेटियो, भेटिएन दीपक भट्टसँगको कारोबार !
सदनको अवरोध हटाउन रविकै भूमिका खोज्दै सभामुख, भएन पहल
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका …
ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जना पक्राउ
रविले बोलाएको सर्वदलीय बैठकले संसद्को गतिरोधमा जुटाउला सहमति ?
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
प्रतिक्रिया