कालिकोट–प्यूठानका शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज
काठमाडौं । कालिकोट र प्यूठानमा फेला परेका शङ्कास्पद वस्तुहरू नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
नेपाली सेनाका अनुसार २०८३ जेठ २३ गते कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित एक स्थानीयको बारी तथा प्यूठानको नौबहिनी गाउँपालिका–६ लुङस्थित एक स्थानीयको घरमा शङ्कास्पद वस्तु फेला परेका थिए।
सूचना प्राप्त भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको थियो। टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै दुवै स्थानमा रहेका शङ्कास्पद वस्तुहरू सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको जनाएको छ।
घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको नेपाली सेनाले जनाएको छ।
‘रास्वपालाई असफल हुने छुट छैन’
रास्वपाको कलैयामा भएको उपनिर्वाचन खारेजको माग
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
परराष्ट्रमन्त्री खनालद्वारा दिल्लीमा स्पष्टीकरण: 'प्रधानमन्त्री शाहको आशय बेलायतसँग…
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
प्रतिक्रिया