सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध

सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ ।

पहिरोले पाँचखपन नगरपालिका अन्तरर्गत बिहिबारे-भैसीचोक–पिपलडाँडा सडक खण्ड अवरुद्ध भएको हो ।

शुक्रबार राति लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर नगरपालिका र पाँचखपन जोड्ने बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

अविरल वर्षाका कारण पाँचखपन —७ र ८ को बीचमा पर्ने चिङखुवा खोलामा आएको बाढीका कारण बिहिबारे पोख्राङ भित्री सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पहिरोले पाँचपन चैनपुर सडक खण्डमा १५ मिटर बढी सडक बगाएको छ । कल्लेरी क्षेत्रमा आएको चिउंखुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन ठप्प भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

पहिरोका कारण पाँचखपन देखि चैनपुर जाने तथा आउने यातायाता सञ्चालन ठप्प भएको छ । बाढीका कारण पाँचखपनको चुङखुरुङ तर्फको भागमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ ।

पहिरोले शनिबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छनैनन् । सडक निर्माणको काम जारी रहेका बेला खोलामा आएको बाढीले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ ।

सडक खुलाउने विषयमा स्थानीय तह, निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते

भारतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री   खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटलाई तीव्रता

भारतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटला…

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन

मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की

मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुश…

प्रहरी केरकारमा परेका सचिव पुष्करका पुराना 'कर्तुत'को फेहरिस्त, सुराकी भत्तादेखि फाइल गायब पारेको आरोप

प्रहरी केरकारमा परेका सचिव पुष्करका पुराना 'कर्तुत'को फेहरिस्त, सुराकी भत्ताद…

(रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबेला मुस्ताङ भ्रमणमा

(रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबे…

भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार

भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार

प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल

प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल