प्रहरी केरकारमा परेका सचिव पुष्करका पुराना 'कर्तुत'को फेहरिस्त, सुराकी भत्तादेखि फाइल गायब पारेको आरोप

काठमाडौं– मुख्यसचिव बन्ने तीव्र महत्त्वाकाङ्क्षाका साथ 'चेन अफ कमान्ड' मिचेर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सिधा म्यासेज गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको केरकारमा परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करको विवादित पृष्ठभूमि फेरि चर्चामा आएको छ।

असारमा अवकाश पाउनुअघि ३ वर्ष कार्यकाल थपेर कर्मचारीतन्त्रमा राज गर्ने दाउ हेरेका पुष्कर यसअघि मधेश प्रदेश र श्रम मन्त्रालयमा रहँदा समेत गम्भीर आर्थिक र नैतिक विचलनका काण्डहरूमा मुछिएका थिए।

मधेश प्रदेशमा 'अनधिकृत सुराकी भत्ता' को खेल
मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका बेला कृष्णहरि पुष्करले मनोमानी रूपमा सुरक्षा र सुराकीको नाममा अनधिकृत रूपमा रकम बुझेको तथ्य खुलेको छ। उनले आर्थिक वर्ष २०७६/७७ मा ५ लाख ५० हजार र आर्थिक वर्ष २०७७/७८ मा ७० हजार गरी कुल ६ लाख २० हजार रुपैयाँ अनधिकृत रूपमा सुराकी भत्ताका नाममा बुझेका थिए। राज्यकोषको यो मनोमानी लुटको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको बताइन्छ।
श्रमिकको ढाड सेक्ने 'स्वार्थ समूह' सँग घाँटी जोडिएको अभियोग

पुष्कर श्रम सचिव रहेका बेला वैदेशिक रोजगारमा जाने गरिब नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण शुल्क घटाउने निर्णयमा कडा अवरोध सिर्जना गरेका थिए। जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले गत ४ पुस २०८२ मा स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सयबाट घटाएर ६ हजार ५ सयमा झार्ने निर्णय गर्दा तत्कालीन श्रमसचिव पुष्करले फाइल नै रोकेर बस्न खोजेका थिए।

त्यतिबेला मन्त्री भण्डारीले कडा रूपमा प्रस्तुत हुँदै 'तुरुन्तै फाइल ल्याउने भए ल्याऊ, होइन भने म मिडिया र ुजेनजीु सबैलाई बोलाएर यो विषयमा प्रष्ट भनिदिन्छु' भनेर सार्वजनिक रूपमा थर्काएपछि मात्र पुष्कर फाइल ल्याउन बाध्य भएका थिए। स्वास्थ्य शुल्क घटाउन कर्मचारीतन्त्रले नै नमान्नुले वैदेशिक रोजगारका 'मेडिकल डन' र स्वार्थ समूहसँग पुष्करको सिधा मिलेमतो रहेको पुष्टि गर्छ।

श्रम मन्त्रालयबाटै अनुसन्धान प्रतिवेदन र मिसिल 'गायब'

पुष्करमाथि लागेको सबैभन्दा संगीन आरोप वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेर करोडौँ रकम असुल गरिएको विषयको मुख्य अध्ययन प्रतिवेदन र मिसिल नै मन्त्रालयबाट गायब पारेको भन्ने हो। वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीको अनुसन्धान प्रतिवेदन र फाइल नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गायब पार्ने खेलमा सचिव पुष्करकै प्रत्यक्ष संलग्नता रहेको अभियोग छ।

प्रशासनिक मर्यादा मिचेर प्रधानमन्त्रीलाई सिधै म्यासेज पठाएपछि श्रीमतीको जिम्मा जमानीमा प्रहरी हिरासतबाट छुटेका पुष्करको यो 'रियालिटी चेक'ले निजामती सेवाभित्र कस्ता व्यक्तिहरू मुख्यसचिवको लाइनमा दौडिरहेका छन् भन्ने कुरा छताछुल्ल पारेको छ।

एकातिर राज्यकोषबाट अनधिकृत सुराकी भत्ता पचाउने र अर्कोतिर श्रमिक ठग्ने सिन्डिकेटका फाइल मन्त्रालयबाटै गायब पार्ने आरोप लागेका पुष्करको मुख्यसचिव बन्ने सपना अहिले बालुवाटारको आदेश र प्रहरीको सोधपुछ कक्षमा पुगेर टुङ्गिएको छ।

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते

भारतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री   खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटलाई तीव्रता

भारतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटला…

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन

मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की

मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुश…

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध

(रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबेला मुस्ताङ भ्रमणमा

(रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबे…

भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार

भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार

प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल

प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल