भारतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटलाई तीव्रता
भारतमा भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाटलाई तीव्रता दिएका छन्।
दुई दिने भ्रमणका क्रममा शुक्रबार दिल्ली पुगेलगत्तै मन्त्री खनाल भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयसमेत रहेको सेवा तीर्थ भवनमा खनाल र डोभालबीच भेटवार्ता भएको हो।
मन्त्री सरहका डोभाल भारतको नेपाल नीति निर्माण र कार्यान्वयनमा निर्णायक मान्छिन्। केही दिनअघि रास्वपाका सभापति रवि लामिछानेसँग पनि दिल्लीमा पहिलो भेट दोभालले नै गरेका थिए, जो पछि प्रधानमन्त्री मोदी र लामिछानेको भेटमा सँगै थिए।
त्यस्तै, शनिबार खनालले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
दुवै नेताबीच भएको भेटवार्तामा नेपाल र भारतका नागरिकबीच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा छलफल भएको छ। यससँगै राजनीतिक दल तहमा पनि सम्बन्ध बढाउने विषयमा कुराकानी भएको जनाइएको छ।
भारतीय समकक्षी एस. जयशंरको निमन्त्रणमा नयाँ दिल्ली पुगेका खनाल शुक्रबार साँझ इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।
आज भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनीहरूबीच द्विपक्षीय र डेलिगेसनसहितको बैठक हुने तय गरिएको छ।
यसअघि रास्वपा सभापति रवि लामिछानेले पाँच दिने भारत भ्रमण गरेका थिए। भारतका प्रधानमन्त्री मोदीसहित गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकरसहितका उच्च अधिकारीसँग भेटवार्ता गरेर लामिछाने शुक्रबार स्वदेश फर्किका थिए।
गोरखाली चेली ईश्वरी भुजेलको हत्या गर्ने नेपाली ब्रोलाई फाँ सी दिनुपर्ने भन्दै …
लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, दुई घाइते
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुश…
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडकखण्ड अवरुद्ध
प्रहरी केरकारमा परेका सचिव पुष्करका पुराना 'कर्तुत'को फेहरिस्त, सुराकी भत्ताद…
(रास्वपा) की समानुपातिक सांसद तथा गोलस्टार जुत्ताकी प्रमुख विदुषी राणा यतिबे…
प्रतिक्रिया