हङकङसँग नेपाल ६९ रनले पराजित
काठमाडौँ। एसीसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग ६९ रनको पराजय बेहोरेको छ।
हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रनमै समेटियो। नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ रन बनाइन्। रुबिना क्षेत्रीले १० रन बनाइन्। अन्यले दोहोरो अंक जोड्न सकेनन्।
हङकङका लागि इकरा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन्। चान का र मार्यम बिबीले २-२ विकेट लिए। सिउ मेई र जोइलिन धलिवालको खातामा १-१ विकेट रह्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो। हङकङका लागि यासमिन दसवानीले अविजित ४२ रन बनाइन्। मारिको हिलले २९ रन बनाइन्। मारिना लाम्पलोह १८ रनमा अविजित रहिन्।
नेपालका लागि रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेटको योगदान दिए। हङकङसँग हार बेहोरे पनि नेपाल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।
नियतन्त्रणमा लिइएका ७७९ इभीबारे छानबिन गर्न बालेनले गठन गरे समिति, को को ता…
सातामै साढे १८ हजारले बढ्यो सुनको भाउ
बालाजु प्रहरी कार्यालय पुगे सुधन गुरुङ
कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक
रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने
प्रधानमन्त्रीविरुद्ध श्रम संस्कृतिको विरोध ,पार्टीको प्रदर्शन!
दार्चुलामा रक्तदाता समूह पहिचान अभियान
प्रतिक्रिया