हुम्लामा आगलागी हुँदा तीनतले घर जलेर नष्ट

हुम्लाको सिमकोट गाउँपालिका–७ मा आगलागी हुँदा एक परिवारको तीनतले घर पूर्ण रूपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार स्थानीय महेन्द्रबहादुर शाहीको तीनतले सात कोठे घर गएराति आगलागीबाट जलेर नष्ट भएको हो ।

प्रहरी उपरीक्षक शङ्कर खड्काका अनुसार आगलागीबाट घरभित्र रहेका तीन तोला सुन, १०० तोला चाँदी, दुई लाख रुपैयाँ नगदसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।