आज भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल, यस्तो छ कार्यतालिका

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् ।

भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमणका लागि मन्त्री खनाल दिउँसो २ः३० बजे भारत जाने कार्यक्रम रहेको छ ।


भ्रमणका क्रममा मन्त्री खनालले द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।


नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा भ्रमणका क्रममा छलफल हुने जनाइएको छ ।