विदेशबाट फर्किने नेपालीलाई खुसीको खबर: ६५ इन्चको टिभी, मोबाइल र ल्यापटप ल्याउँदा भन्सार पूर्ण छुट!
काठमाडौं – सरकारले विदेशबाट फर्किने नेपाली नागरिकहरूका लागि व्यक्तिगत विद्युतीय उपकरण, घरायसी सामान र स्वास्थ्य सामग्रीमा ठूलो आर्थिक राहत दिँदै भन्सार महसुल पूर्ण छुटको व्यवस्था गरेको छ।
नयाँ नियम अनुसार, विशेष गरी वैदेशिक रोजगारीबाट फर्केका श्रमिक र अन्य यात्रुहरूले आफ्नो साथमा ल्याउने गुड्स (ब्यागेज) मा निम्न अनुसारको भन्सार छुट पाउनेछन्:
महसुल छुट हुने मुख्य वस्तुहरू:
ग्याजेट तथा इलेक्ट्रोनिक्स: यात्रुले आफैंले प्रयोग गर्ने एक थान ट्याब्लेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी र क्यामेरामा पूर्ण भन्सार छुट पाउनेछन्।
थप मोबाइल फोन: वैदेशिक रोजगारमा गएर कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो प्रयोगका बाहेक थप एक थान नयाँ मोबाइल फोन महसुल नतिरी ल्याउन पाउनेछन्।
६५ इन्च सम्मको टेलिभिजन: वैदेशिक रोजगारीमा कम्तीमा १२ महिना काम गरेर फर्कने नेपाली नागरिकले एक पटकका लागि मात्र ६५ इन्च सम्मको टिभीमा पूर्ण छुट पाउनेछन्।
औषधि तथा सहयोगी सामग्री: बिरामीले आफ्नो उपचारका लागि साथमा ल्याएको औषधि र शारीरिक रूपमा अशक्त व्यक्तिले सहाराको रूपमा प्रयोग गर्ने वस्तुहरूमा कुनै महसुल लाग्ने छैन।
खाद्य परिकार: यात्रुहरूले आफ्नो साथमा ७ किलोग्राम सम्म खाद्य परिकार भन्सार विना ल्याउन सक्नेछन्।
सरकारले भन्सार कार्यालयका प्रमुखहरूलाई विशेष परिस्थितिका लागि स्वविवेकिय अधिकार समेत दिएको छ। तोकिएभन्दा बढी परिमाणमा सामान ल्याएमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधिलाई हेरेर भन्सार प्रमुखले आवश्यकता अनुसार थप छुट दिन सक्ने व्यवस्था गरिएको छ।
फ्रान्समाथि आइभरी कोस्टको ऐतिहासिक जित
एयरपोर्टमा सामान जफत हुने दिन सकिए? विदेशबाट टिभी, मोबाइलसहित के–के ल्याउन…
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री क…
रास्वपा सभापति रवि अयोध्या पुगे
सुनचाँदीको मूल्य केही घट्यो
दुर्घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: “म आफैं लडेँ, चोट मलाई नै लाग्यो”
दुर्घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: “म आफैं लडेँ, चोट मलाई नै लाग्यो”
प्रतिक्रिया