सशस्त्रका १५ एसएसपीको सरुवा, ८ जनाको पदस्थापन
सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। त्यसैगरी ८ जना एसएसपीको पदस्थापना गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ।
एसएसपी विनोद राज श्रेष्ठलाई सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा ल्याइएको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा किरण ढुङ्गानालाई सरुवा गरिएको सूचनामा उल्लेख छ।
सशस्त्रको प्रधान कार्यालयको मानवस्रोत विभागमा रहेका भूपेन्द्र केसीलाई भण्डार महाशाखामा र कार्य विभागमा सुधीर जंग थापालाई सरुवा गरिएको छ।
उता सीमा सुरक्षा विभागमा रहेका रबिन राज कर्णजितलाई कार्य विभागमा र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत भरत खनियालाई सीमा सुरक्षा विभागमा लगिएको छ।
एसएसपी जहार सिंह बुढा मगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र जनक पुरीलाई यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ।
त्यसैगरी कमल प्रसाद तिउसीना, उद्धव बहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोप बहादुर खनाल र अशोक कुमार बम पनि सरुवा भएका छन्।
प्रधान कार्यालयले ८ जना एसएसपीहरुको विभिन्न बाहिनी र विभागहरुमा पदस्थापना गरेको छ।
एसएसपी दीपक कुमार थापा, प्रबन्ध महाशाखा, प्रधान कार्यालय, सुधीर सुवेदी मानवस्रोत विभाग, प्रधान कार्यालय, महेश केसी नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरी, प्रकाश कुमार सुवेदी नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेत,चित्राङ्गत दाहाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलाली, सुभाष भण्डारी नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी, प्रदिप सिंह कार्की नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्की, र संजय भट्टराई नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरमा पदस्थापना भएका छन्।
एयरपोर्टमा सामान जफत हुने दिन सकिए? विदेशबाट टिभी, मोबाइलसहित के–के ल्याउन…
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री क…
रास्वपा सभापति रवि अयोध्या पुगे
सुनचाँदीको मूल्य केही घट्यो
दुर्घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: “म आफैं लडेँ, चोट मलाई नै लाग्यो”
दुर्घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: “म आफैं लडेँ, चोट मलाई नै लाग्यो”
हर्कले ट्राफिक नियम पालना नगरेको भन्दै दुर्घटना, छानबिन सुरु
प्रतिक्रिया