स्पेन इराकसँग रोकियाे

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा पूर्वविश्व विजेता स्पेन र एसियाली टोली इराकले बराबरी खेलेका छन्। दुवै टोलीले आक्रमक फुटबल खेले पनि थप गोल गर्न नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो।

खेलको सुरुवातमा स्पेनले आक्रामक रणनीति अपनाउँदै सुरुवाती अग्रता लिएको थियो। स्पेनका लागि खेलको १६औँ मिनेटमा स्टार फरवार्ड फेरान टोरेसले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए।


तर, स्पेनको त्यो अग्रता धेरै समय टिक्न सकेन। उत्कृष्ट पुनरागमन गर्ने क्रममा इराकका लागि खेलको २७औँ मिनेटमा मेर्चास दोस्कीले गोल गर्दै खेललाई १-१ को बराबरी स्थितिमा ल्याए।

पहिलो हाफमै दुवै टोलीबाट १-१ गोल भएपछि दोस्रो हाफमा दुवै पक्षले गोलका केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।