भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिकै श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुधबार बेलुका घरायसी विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई हाल भक्तपुरमा डेरा गरी बस्ने ३८ वर्षीय विदुर विश्वकर्माले श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन् । झगडा छुट्टाउने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन् ।
घाइते बालकलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारपश्चात् उनी बुधबार नै डिस्चार्ज भएका बालकलाई आवश्यक संरक्षणका लागि जिल्ला प्रहरी परिसर भक्तपुरको बाल मैत्री कक्षमा राखिएको छ ।
घटना लगत्तै जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी बरामद गर्नुका साथै अभियुक्त विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
भारतले रविलाई प्रधानमन्त्रीकै स्तरमा दियो सम्मान
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास
बाजुरामा एक युवकको हत्या
सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा थप जवाफ नदिने बालेन
रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने
प्रतिक्रिया