वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुबै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गर्नुभएको हो ।
स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्नलागिएको हो । यी दुबै भवनको दुई महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम अघि बढाईएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, वडाध्यक्ष प्रमेश गुरुङसहित स्थानीयवासी र निर्माण व्यवसायीको उपस्थितिमा गुम्बाका प्रमुख लामा ठकुरीले बौद्ध धर्म परम्पराअनुसार धार्मिक विधिपूर्वक भूमि पूजा गरी वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गर्नुभएको हो ।
वारागुङ मुक्तिक्षेत्र—१ स्थित झारकोटमा शिलान्यास गरिएको वडा कार्यालय भवन गाउँ पालिकाको आन्तरिक स्रोतमा निर्माण गर्न लागिएको हो भने स्वास्थ्य चौकी भवन प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गर्न लागिएको हो । वडाध्यक्ष प्रमेश गुरुङका अनुसार साढे दुई तलाको वडा कार्यालय भवन रु एक करोड ५१ हजार र दुई तले स्वास्थ्य चौकी भवनको ठेक्का सम्झौता रु एक करोड ५१ लाख रहेको छ ।
वडा कार्यालय र स्वास्थ्य चौकी भवन दुवै निर्माणको ठेक्का खिङ्गा कन्स्ट्रक्सन मुस्ताङले पाएको छ । ठेक्का प्रक्रिया र सम्झौता केही ढिला भएकाले बहुवर्षीय योजनाको रुपमा लगेर आगामी आर्थिक वर्षमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वारागुङ—१ मा वडा कार्यालय र स्वास्थ्य चौकीको सुविधाजनक भवन पूर्वाधार नहुँदा सेवाग्राही र सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।
पदाधिकारी हटाएपछि दैनिक स्वास्थ्य संस्थामा कठिनाइ, कामकाज नरोक्न विभागीय प्रमु…
जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध
स्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
राष्ट्रपति पौडेल अस्पताल भर्ना
स्वास्थ्य बिमाबाट वञ्चित विपन्न परिवारलाई नगरपालिकाको सहयोग
सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गर्नुपर्नेमा जोड
प्रतिक्रिया