मारिएको ४ महिनापछि खामेनीको अन्त्येष्टि गरिँदै
इरानका पूर्वसर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको झन्डै ४ महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ।
उनको अन्तिम इच्छाअनुसार खामेनीलाई मसहद सहरमा सिया इस्लामका प्रख्यात् व्यक्ति इमाम रेजाको पवित्र तीर्थस्थल परिसरनजिकै गाडिनेछ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले खामेनीको अन्तिम बिदाइ यही जुन २१ आसपास हुने सम्भावना रहेको बताएको छ।
उनी गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त हवाई हमलामा मारिएका थिए।
उनको राजकीय अन्त्येष्टि गत मार्च ४ मै गर्ने तय गरिएको थियो, तर युद्धका कारण स्थगन गरिएको थियो।
इरानी अधिकारीहरूले तेहरान, कोम र मसहदमा आयोजना गरिने खामेनीको अन्त्येष्टि समारोहमा झन्डै २ करोड मानिस उपस्थित हुने अपेक्षा रहेको बताएका छन्। अन्तिम दर्शन तथा श्रद्धाञ्जली अर्पणका लागि तीन दिन छुट्याइएको छ।
खामेनीको मुख्य अन्त्येष्टि समारोह भने तेहरानमा हुनेछ र कम्तीमा २४ घण्टा चल्ने अनुमान छ। त्यसपछि उनको शवलाई धार्मिक सहर कोम र त्यसपछि मसहद लगिनेछ, जहाँ इमाम रेजा तीर्थस्थल परिसरमा गाडिनेछ।
तेहरान नगरपालिकाका एक अधिकारीले भनेका छन्, ‘गाड्नुअघि खामेनीको शवलाई कोम र मसहदका सडकमा अन्त्येष्टि जुलुसमा लगिनेछ।’
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
चाँगुनारायणमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
संसद्को त्यो एक अभिव्यक्ति, जसले भारतीय विदेश मन्त्रालयलाई 'डिफेन्सिभ मोड'मा पु…
महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
प्रतिक्रिया