विश्व शान्तिका लागि अमेरिका-चीन सम्बन्ध अपरिहार्य: अमेरिकी रक्षामन्त्री
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिका र चीनबिचको रचनात्मक एवं रणनीतिक स्थिरताको सम्बन्ध एसिया–प्रशान्त क्षेत्र र विश्व शान्तिका लागि अपरिहार्य रहेको बताएका छन्। बेइजिङमा हालै सम्पन्न दुई देशका राष्ट्रप्रमुखहरूको शिखर वार्तामा व्यक्त प्रतिबद्धताहरू इतिहासमै शान्ति स्थापनाका लागि अर्थपूर्ण रहने उनको भनाइ छ
सिंगापुरमा आयोजित ‘साङ्ग्रिला संवाद २०२६’ का क्रममा चिनियाँ प्रतिनिधिमण्डलले सोधेको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री हेगसेथले उक्त टिप्पणी गरेका हुन्। उनले दुई शक्ति राष्ट्रबिचको नयाँ सम्बन्ध वास्तविक र ठोस आधारमा अघि बढिरहेको उल्लेख गरे।
उनले थप स्पष्ट पार्दै दुई देशबिच आपसी सम्मान र एक–अर्काको क्षमता एवं शक्तिप्रति पहिचान रहेको बताए। वर्तमान विश्वमा विद्यमान शक्तिलाई सही ढङ्गले परिचालन गरी साझा हितमा प्रयोग गर्न सकिने विश्वास समेत उनले व्यक्त गरे।
दुई ठुला अर्थतन्त्र र सामरिक शक्तिबिचको यो समझदारीले क्षेत्रीय सन्तुलन कायम राख्न र विश्वव्यापी सुरक्षा चुनौतीहरूलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
प्रतिक्रिया