इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहिन भएको छ ।
वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गरेका थिए ।
उनले इरानले कहिल्यै परमाणु अस्त्र वा बम राख्न नपाउने, हर्मुजको साँघुरो जलमार्गमा ‘दुईतर्फी रूपमै बिना अवरोध पारवहन’ पुनः सञ्चालन गर्ने र जलमार्गमा रहेका सबै खानीहरू ‘नष्ट’ गर्न तेहरान सहमत हुनुपर्ने बताएका छन् ।
ह्वाइहाउसको ‘सिचुएसन रुम’मा उक्त बैठक भएको थियो । त्यस कक्षलाई मुख्य सङ्कटहरूसँग जुझ्न गरिने आन्तरिक छलफलका लागि प्रयोग गरिन्छ ।
इरानले यसअघि आफ्नो परमाणु कार्यक्रमबारे वार्ता नभइरहेको बताएको थियो । उसले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक उद्देश्यका लागि भइरहेको बताउँदै आएको छ ।
यसअघि बिहीवार अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एकखाले ढाँचामा सहमति जनाएको बताएका थिए । तर त्यसमा ट्रम्प र इरानको नेतृत्वको स्वीकृति आउने काम बाँकी रहेको उनीहरूको भनाइ थियो ।
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
प्रतिक्रिया