रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको प्रथम जिल्ला अधिवेशनबाट आज नयाँ कार्यसमिति चयन भएको छ ।
जिल्ला कार्यसमितिको नयाँ कार्यसमितिको सभापतिमा नवराज जैशी पुनःनिर्वाचित भएको निर्वाचन समिति संयोजक शङ्कर गिरीले बताउनुयो । रास्वपाको प्रथम जिल्ला अधिवेशनपछि जिल्ला कार्यसमितिको सर्वसम्मत रुपमा जैशी सभापति रहने गरी १० सदस्यीय कार्य समिति चयन गरिएको गिरीले बताउनुभयो ।
पार्टीको जिल्ला कार्यसमिति उपभापतिमा पूर्णलाल पाण्डे, सचिव विक्रम गुयाल, सहसचिव विर्ख विष्ट र कोषाध्यक्ष सीता ओली (बुढा) सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन समिति सदस्य मीनाकुमारी रोकायाले राससलाई जानकारी दिनुभयो ।
आजै उहाँले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्रसहित सपथ ग्रहण गराउनुभयो । आइतबारबाट जिल्ला सदरमुकाम मार्तडीमा सुरु भएको प्रथम जिल्ला अधिवेशनमा नौ वटै पालिकाबाट करिब ५०० बढी जिल्ला अधिवेशन प्रतिनिधि सहभागी भएको रास्वपा बाजुराले जनाएको छ ।
नयाँ कार्यसमितिको सचिव पदमा भने विवाद कायम छ ।
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
कोहलपुरका विद्यालय तीन दिन बन्द
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
प्रतिक्रिया