यस्तो आयो ८० वर्षीय ट्रम्पको स्वास्थ्य परीक्षण रिपोर्ट
८० वर्ष पुग्नै लागेका अमेरिकाका डोनाल्ड ट्रम्प 'पूर्ण रूपमा स्वस्थ' रहेको उनका डाक्टरले बताएका छन्।
ट्रम्पका सन बारबेलाले शुक्रबार साँझ ह्वाइट हाउसबाट जारी गरेको नोटमा ट्रम्पको स्वास्थ्य स्थितिबारे जानकारी दिइएको हो।
जसमा डाक्टर बारबेलाले भनेका छन्, 'यस हप्ता गरिएको परीक्षणमा ७९ वर्षीय राष्ट्रपतिको खुट्टा हल्का सुन्निएको छ भने हातमा सानो चोट लागेको देखिएको छ।'
नोटमा अगाडि भनिएको छ, 'डोनाल्ड ट्रम्पको शारीरिक स्वास्थ्य उत्कृष्ट छ। उनका मुटु, फोक्सो, स्नायु प्रणाली र समग्र शरीर राम्रो र सामान्य अवस्थामा छन्।'
उनका डाक्टरले ट्रम्प राष्ट्रपति र अमेरिकी सेनाको कमान्डर-इन-चिफको जिम्मेवारी निर्वाह गर्न 'पूर्ण रूपमा फिट' रहेको उल्लेख गरेका छन्।
ट्रम्पको वार्षिक स्वास्थ्य जाँच यही मे २६ मा गरिएको थियो। उनी अर्को महिना जुनमा ८० वर्ष पुग्नेछन्।
ट्रम्पले अक्सर आफूलाई पूर्वराष्ट्रपति जो बाइडेनभन्दा बढी ऊर्जावान् र तन्दुरुस्त रहेको दाबी गर्छन्।
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
प्रतिक्रिया