क्वाडलाई चीनको चेतावनी
पूर्वी र दक्षिण चीन सागर क्षेत्रमा बढ्दो तनाव र स्थिरताबारे क्वाड समूहका विदेशमन्त्रीले व्यक्त गरेको चिन्तापछि चीनले बुधबार कडा प्रतिक्रिया जनाउँदै ‘गुट निर्माण’ र द्वन्द्व भड्काउने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ ।
संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियाका विदेशमन्त्री सहभागी क्वाड बैठक मङ्गलबार नयाँदिल्लीमा सम्पन्न भएको थियो । सो बैठकपछि जारी संयुक्त वक्तव्यमा यस क्षेत्रमा देखिएका ‘अस्थिर वा एकपक्षीय गतिविधि’ प्रति चिन्ता व्यक्त गर्दै ती गतिविधिले क्षेत्रीय स्थिरतामा जोखिम बढाइरहेको उल्लेख गरिएको थियो ।
साथै, मन्त्रीहरूले सैन्य विमानद्वारा हुने जोखिमपूर्ण चाल चलन र दक्षिण चीन सागरमा अवरोध तथा आक्रमणका घटनाप्रति आलोचना गरेका थिए । चीनले क्वाडको सो अभिव्यक्तिलाई अस्वीकार गर्दै आफ्नो समुद्री क्षेत्रमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्था समग्ररूपमा स्थिर रहेको दाबी गर्नुभयो ।
उहाँले सम्बन्धित देशलाई चीनसँग जोडिएका समुद्री मामिलामा हस्तक्षेप नगर्न र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्ने प्रयासलाई सम्मान गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार गुट निर्माण गर्ने, तनाव बढाउने र द्वन्द्व भड्काउने गतिविधि अन्तर्राष्ट्रियरूपमा अलोकप्रिय छन् । क्वाड समूहलाई चीनले लामो समयदेखि शङ्कास्पद दृष्टिले हेर्दै आएको छ, किनभने बेइजिङले रणनीतिकरूपमा महत्त्वपूर्ण पूर्वी र दक्षिण चीन सागरका केही भूभागमा आफ्नो दाबी गर्दै आएको छ ।
यता फिलिपिन्स, जापानलगायतका देशसँग ती जलक्षेत्रलाई लिएर निरन्तर विवाद जारी छ, जहाँ विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्ग पनि अवस्थित छन् । विश्लेषकहरुका अनुसार क्वाड र चीनबिचको यो कूटनीतिक शब्दयुद्धले क्षेत्रीय सुरक्षा संरचना र समुद्री अधिकारसम्बन्धी विवादलाई थप जटिल बनाउने सङ्केत देखिएको छ ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया