पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण तथा खानतलासी (सर्च अपरेसन) गरेको छ ।
विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्था मजबुत बनाउन र कानूनी पालना सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो सक्रियता बढाएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईकाअनुसार लेकसाइड क्षेत्रमा सञ्चालित ताज क्यासिनो र महाराजा क्यासिनोमा विशेष टोली परिचालन गरी निरीक्षण गरिएको थियो ।
२४ सै घण्टा खुला रहने लेकसाइड क्षेत्रमा भारतीय तथा अन्य विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति रहने भएकाले उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले गस्ती समेत बढाएको छ । निरीक्षणका क्रममा ताज क्यासिनोमा ३४ जना र महाराजा क्यासिनोमा १० जना विदेशी पर्यटकहरू (भारतीय र चिनियाँ) फेला परेका भट्टराईले बताए ।
क्यासिनो नियमावली बमोजिम नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रोक लगाइएको सन्दर्भमा सोको कार्यान्वयन भए नभएको जाँच गर्नु प्रहरीको मुख्य उद्देश्य रहेको डीएसपी भट्टराईले जानकारी दिए । यस पटकको निरीक्षणमा कोही पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको उनले स्पष्ट पारे ।
पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र क्यासिनोहरूमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न प्रहरीले विशेष निगरानी राख्दै आएको छ । हाल लेकसाइड क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि थप सुरक्षाकर्मी र गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ ।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
प्रतिक्रिया