पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी दर्ता भएन,. गेटबाटै लखेट्यो!
काठमाडौँ। राष्ट्रिय जेन-जी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध जाहेरी दर्ता गर्न जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँले आफूहरूलाई गेटबाटै फर्काएको आरोप लगाएको छ।
सोमबार अभियानका प्रतिनिधिहरू सांसद गुरुङविरुद्ध जाहेरी दर्ता गराउन जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका थिए। अभियानले गुरुङले प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी जेन-जी अभियन्ताहरूसँग धम्कीपूर्ण तथा अभद्र व्यवहार गरेको आरोप लगाएको छ।
अभियानका अभियन्ता प्रकाश बमका अनुसार गुरुङले हिरासतमा रहेका अभियन्ताहरूलाई ‘तिमीहरू कोबाट परिचालित छौ ? गर्न खोजेको के हो ? तिमीहरूलाई अन्तिम चेतावनी हो’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।
उनले उक्त घटनाको निष्पक्ष छानबिन र कानूनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गर्न खोजिएको बताए।
बमले आफूहरू सत्ताको आडमा हुने दुर्व्यवहारविरुद्ध कानूनी प्रक्रियामा जान खोज्दा प्रहरीले जाहेरीसमेत दर्ता गर्न नदिई परिसरको गेटबाटै फर्काएको दाबी गरे।
‘हामी न्यायको खोजीमा जाहेरी दिन आएका थियौँ। तर प्रहरी परिसरले गेटबाटै फर्काउने वातावरण बनायो। यहाँ त जाहेरी नै लिन मानिएन,’ उनले भने।
उनले यस्तो व्यवहारले न्यायिक प्रक्रियाप्रति नागरिकको विश्वास कमजोर बनाउने र तानाशाही प्रवृत्तिलाई प्रोत्साहन गर्ने टिप्पणी गरे।
राष्ट्रिय जेन-जी नागरिक अभियानले घटनाको निष्पक्ष छानबिन गर्न, पीडित पक्षको जाहेरी दर्ता गर्न र कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
नेपालले जित्यो ‘मेन्स टी–२० आई एसियन गेम्स क्वालिफायर’को उपाधि
प्रतिक्रिया