चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सङ्खुवासभाको सभापोखरी स्थायी घर भई हाल भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ३, कौशलटार बस्दै आएका ६७ वर्षीय नेपाललाई बुढानीलकण्ठ नगरपालिका–१० स्थित कटारी बस्तीबाट सोमबार पक्राउ गरिएको हो।
नेपाल चेक अनादर मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेको उनले बताए। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया तथा सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाल ग्रेटर नेपाल अभियानका अध्यक्ष उनी त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक समेत हुन्।
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
प्रतिक्रिया