दक्षिण कोरियामा ओभरपास भत्किँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको राजधानी सियोलमा भत्काउने क्रममा रहेको एक ओभरपास (आकाशे पुल) को माथिल्लो भाग भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमकाअनुसार मंगलवार दिउँसो करिव २ः३३ बजे ओभरपास भत्काउने कार्य भइरहेको स्थानमा सो दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा ५० र ६० वर्ष उमेर समूहका दुई कामदार रहेका छन्, जो भग्नावशेषमा पुरिएका थिए ।
अर्का एक ५० वर्षीय पुरुषलाई सवारीसाधन मुनि च्यापिएको अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ । त्यस्तै, ३०, ४० र ५० वर्ष उमेरका अन्य तीन पुरुष घाइते भएका छन् । उनीहरूको टाउको, ढाड र करङमा चोट लागेको बताइएको छ ।
दुर्घटनाका समयमा कार्यस्थलमा कूल १२ जना कर्मचारी उपस्थित रहेकोमा ६ जना भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । प्रारम्भिक जानकारीअनुसार, आजै बिहान स्ल्याब काट्ने क्रममा पुलको सतह केही दबिएर २.९ सेन्टिमिटरको रिक्तता (ग्याप) देखिएको थियो ।
सोही विषयमा सुरक्षा निरीक्षण भइरहेका बेला ओभरपासको माथिल्लो भाग एक्कासि भत्किएको थियो । सन् १९६६ मा निर्माण गरिएको ३३५ मिटर लामो र १४.९ मिटर चौडा उक्त ओभरपास भत्काउने कार्य गत वर्षको अगस्टदेखि सुरु गरिएको थियो । सो कार्य यसै वर्षको जुन महिनाको शुरुवातमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
स्थानीय अधिकारीहरूले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेका छन् ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया