सशस्त्र विद्रोहीसँग सम्बन्ध राखेको आरोपमा इरानद्वारा २ जनालाई फाँसीको सजाय
काठमाडौं– इरानले बिहीबार सशस्त्र विद्रोह र पृथकतावादी आतंकवादी समूहको सदस्यता लिएको र उनीहरुसँग सम्बन्ध बनाएको आरोपमा दुई जनालाई फाँसी दिएको छ ।
गत फेब्रुअरीमा इजरायल र अमेरिकाबीच द्वन्द्व सुरु भए देखि इरानले मृत्युदण्डको सजाय बढाएको छ भने यो वर्षको सुरुमा इरानमा भएको सरकार विरोधी प्रदर्शनमा धेरैलाई दोषी ठहर गरी फाँसी दिइएको थियो ।
बिहीबार मृत्युदण्ड दिइएका दुई जना व्यक्तिहरू पश्चिमी इरानमा सुरक्षा बलहरू विरुद्धको सशस्त्र आक्रमण र हत्याको षड्यन्त्रमा संलग्न रहेको इरानी न्यायपालिकाले जनाएको छ ।
रामिन जालेह र करिम मारुफपुरलाई पृथकतावादी आतङ्कवादी समूहहरूको सदस्यता लिएको, देशको सुरक्षामा बाधा पुर्याउने उद्देश्यले समूह बनाएको, आपराधिक समूहहरूमार्फत गोली हानेर हत्याको प्रयास गरेको आरोपमा फाँसी दिइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा उल्लेख गरिएको छ ।
एम्नेस्टीसहितका मानव अधिकारवादी समूहहरूका अनुसार चीन पछि इरान विश्वको दोस्रो सबै भन्दा बढी मृत्यु–दण्ड दिने देश हो ।
युद्ध सुरु भए देखि, इरानले जासुसी वा सुरक्षा सम्बन्धी अभियोगमा धेरै मानिसहरूलाई मृत्युदण्ड दिएको छ ।
चालु महिनाको सुरुमा, इरानले इजरायली गुप्तचरलाई जानकारी बेचेको आरोपमा एक व्यक्तिलाई फाँसी दिएको थियो भने यस अघि सोहि आरोपमा एक जना एयरोस्पेस इन्जिनियरिङ विद्यार्थीलाई मृत्युदण्ड दिएको थियो ।
‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्न…
सचिवको जिम्मेवारी हेरफेर
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
'जेल जान तयार छु, तर ६ लाख बाँदर नमारे किसानले शान्ति पाउँदैनन्': सांसद ध्र…
सेनाभित्र पलाएको त्यो प्रेमको बीभत्स अन्त्य: सँगै जागिर खाएका 'नेपाली ब्रो' नै …
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
पूर्वगृहमन्त्रीलाई प्रहरीको संरक्षण? हिरासतभित्रै धम्क्याएको गम्भीर आरोप, जाहेरी …
प्रतिक्रिया