फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो
फिलिपिन्समा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु भएकाको संख्या १५ पुगेको त्यहाँको नागरिक रक्षा कार्यालयले जनाएको छ।
स्थानीय नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार भूकम्पका कारण सोक्स्सार्गेन क्षेत्रमा १५ जनाको मृत्यु भएको हो। यो क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सान्तोस सिटीसहित चार प्रान्त र एउटा सहरमा फैलिएको छ।
उनले थपे, ‘यस क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएका छन्।’
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार मिन्डानाओका छवटा क्षेत्रमा सुनामी छाल रेकर्ड गरिएको छ। सबैभन्दा उच्च छाल १.४ मिटर (४.६ फिट) को थियो।
दक्षिणी तटमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि स्थानीय समयअनुसार बिहान ११ बजे १३८ वटा परकम्प गएको संस्थानले जनाएको छ। यी परकम्प १.३ देखि ६.७ म्याग्निच्युडसम्मका थिए।
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
इजरायली हवाई अड्डाहरूलाई निशाना बनाएको इरानको दाबी
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
दुई महिनापछि इरान र इजरायलबिच फेरि हानाहान
७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत
प्रतिक्रिया