कांग्रेसका सभापति थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् ।

उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्यूरो गठन गरिएको थियो ।

उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेश स्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, लगायतका कार्यादेश उनीहरूलाई दिइएको छ ।

को को भए मनोनीत ?

१. जीवन परियार                — कास्की

२. अब्दुल सत्तार                — गोरखा

३. नानु बास्तोला                — काठमाडौं

४. सन्दीप राना                  — पाल्पा

५. वंशलाल तामाङ             — सिन्धुपाल्चोक

६. प्रकाश तिवारी               — स्याङ्जा

७. महेश ढुङ्गेल                — काठमाडौं

८. दीपक महतो                 — सर्लाही

९. हरि पोखरेल                  — झापा

१०. सुदर्शन आचार्य              — सिन्धुपाल्चोक

११. रोहित पौडेल                 — काठमाडौं

१२. डा. भुमीराज चापागाईं          — नवलपुर

१३. सिद्धार्थ थापा                — धनकुटा

१४. नवराज त्रिपाठी              —  बारा

१५. तेज बिनोद पौडेल           — स्याङ्जा/हाल : अमेरिका

१६. जगनाथ लामिछाने          — काठमाडौं

१७. मिलनराज बर्तौला           — काठमाडौं