टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ । अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा गत १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।अधिकारीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको छ । उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाएपछि उनले सामाजिक सञ्जालमार्फत प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
उनले सामाजिक सञ्जालमा भनेकी थिइन्, “म भदौ १९ गतेसम्म नेपालमै थिएँ । मलाई कुनै खोजखबर गरिएन । चीन आएपछि पक्राउ पुर्जी जारी भएको थाहा पाएँ । मेरा प्रतिनिधिहरू प्रहरीमा बुझ्न जाँदा पनि जाहेरी देखाइएन ।”
त्यसपछि प्रहरीले भ्रम फैलिन नदिन भन्दै विज्ञप्ति जारी गरेको थियो । कुमार चिमोरिया नामका व्यक्तिले अधिकारीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा जाहेरी दिएका थिए ।
अनुसन्धानका क्रममा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा समेत संलग्न रहेको आशंका देखिएपछि थप अनुसन्धान अघि बढाइएको थियो । यस सम्बन्धमा २० कात्तिक २०८२ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सुझावसमेत लिएर अनुसन्धान विस्तार गरिएको थियो ।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ ।
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
परराष्ट्रमन्त्री शुक्रबार भारत जाँदै
विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ:…
हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
प्रतिक्रिया