‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
प्राइभेट भिल्ला पार्टीको नाममा सामाजिक सञ्जालबाट ठगी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक शुभम मोहन्ती छन् ।
उनलाई बिहीबार बसन्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले बताए । १९ वर्षीय मोहन्तीले सामाजिक सञ्जाल काठमाडौँको अज्ञात ठाउँमा प्राइभेट भिल्ला पार्टी गरिने भन्दै फेसबुक रिल्स, टिकटक र विभिन्न पेजमा निश्चित रकम तिरेपछि युवती उपलब्ध गराउने प्रलोभन देखाएर ठगी धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
विज्ञापन हेरेर पार्टीमा सहभागी हुन चाहनेहरूबाट अनलाइन माध्यमबाट रकम लिएपछि उनी सम्पर्क विहीन हुने गरेको थाहा भएको छ । ‘पार्टी इन्टरटेनमेन्ट सर्भिस’ नामको पेजबाट एआईजी निर्मित भिडियोमा काठमाडौँमा एक्सक्लुसिभ प्राइभेट पार्टी आयोजना हुने दाबी गरेको विज्ञापन भेटिएको छ ।
आरोपीले सुरुमा पार्टीमा सहभागी हुन १० हजारको टिकट किन्नुपर्ने बताउँछन् । ग्राहकलाई सम्पर्कमा ल्याएपछि उनले आकर्षक युवतीहरूको तस्बिर पठाएर ३० हजारसम्मको प्याकेजको लोभ देखाएर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
प्रतिक्रिया