गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
काठमाडौँ । गर्मीको मौसम सुरु भएसँगै बजारमा रसिलो र मिठो लिचीको बहार आउने गर्छ। यसको स्वाद जति स्वादिलो हुन्छ, यो त्यति नै चाँडो बिग्रने पनि गर्छ।
लिचीमा प्रचुर मात्रामा भिटामिन–सी, पोटासियम र एन्टिअक्सिडेन्टहरू पाइन्छन् । यसले शरीरलाई शीतलता, ऊर्जा र रोगहरूसँग लड्ने क्षमता प्रदान गर्छ। तर, यदि यसलाई सही तरिकाले भण्डारण गरिएन भने यो केही दिनमै सुक्न, कालो हुन वा कुहिन थाल्छ।
यहाँ बताइएका केही सजिला र प्रभावकारी उपायहरू अपनाएर तपाईंले लिचीलाई धेरै समयसम्म ताजा र सुरक्षित राख्न सक्नुहुन्छ। आउनुहोस् यी टिप्सहरूका बारेमा जानौँ।
लिचीलाई कसरी लामो समयसम्म सुरक्षित राख्ने ?
लिचीलाई धोएर नराख्नुहोस्– भण्डारण गर्नुअघि लिचीलाई भुलेर पनि नधुनुहोस्। ओस वा चिसोपनका कारण यो चाँडै कुहिन थाल्छ। त्यसैले यसलाई खानुअघि मात्र धुनुहोस् र केही बेर पानीमा भिजाएर छोडिदिनुहोस्।
झुप्पोसहित फ्रिजमा राख्नुहोस्– लिचीलाई उसको डाँठ र झुप्पासँगै फ्रिजमा राख्नु बढी राम्रो हुन्छ। यसले गर्दा यसको ताजापन र रस कायम रहन्छ।
पुरानो लिची पहिले खानुहोस्– पाकेको, बासनादार र पहिले बजारबाट ल्याइएको लिचीलाई पहिलो प्राथमिकता दिएर खानुहोस्। यसले गर्दा ती लिचीहरू बिग्रन पाउँदैनन् र ताजा लिचीहरू लामो समयसम्म टिक्छन्।
हावा ओहोरदोहोर हुने ब्यागको प्रयोग गर्नुहोस्– लिची राख्नका लागि हावा नछिर्ने बट्टा वा जारको प्रयोग नगर्नुहोस्। यसलाई भण्डारण गर्न सधैँ हावा ओहोरदोहोर हुने ब्यागको प्रयोग गर्नुहोस् ताकि यसले हावा पाइरहोस् र ढुसी नलागोस्।
दिनहुँ चेक गरिरहनुहोस्– हरेक दिन लिचीहरूको अवस्था जाँच गर्नुहोस्। यदि कुनै लिची कुहिन थालेको छ भने त्यसलाई तुरुन्तै छुट्ट्याउनुहोस् ताकि त्यसका कारण बाँकी रहेका अन्य लिचीहरू कुहिन नपाउन्।
चिसो र सुक्खा ठाउँमा राख्नुहोस्– लिचीलाई घाम वा गर्मीबाट टाढा कुनै चिसो, सुक्खा र छाया परेको ठाउँमा राख्नुहोस्। विशेष गरी जब तपाईं यसलाई तुरुन्तै फ्रिजमा राख्न चाहनुहुन्न, तब यो तरिका अपनाउनुहोस्।
बोक्रासहित स्टोर गर्नुहोस् - लिचीको बोक्राले त्यसको भित्री गुदीलाई सुरक्षित राख्ने काम गर्छ। त्यसैले लिचीको बोक्रा ताछेर स्टोर नगर्नुहोस्। यसलाई सधैँ बोक्रासहित नै राख्नुहोस्।
कागजको झोलामा राख्नुहोस्– प्लास्टिकको झोलाको सट्टा कागजको झोलामा लिची राख्नु बढी फाइदाजनक हुन्छ। कागजको झोलाले हावा सहजै वारपार हुन दिन्छ र लिची चाँडै बिग्रन पाउँदैन।
यी सजिला उपायहरू अपनाएर तपाईंले लिचीलाई धेरै दिनसम्म ताजा र स्वादिलो बनाइराख्न सक्नुहुन्छ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
प्रतिक्रिया