रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
झापाको दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या अनुसन्धानमा प्रहरी अल्मलिएको छ । गत जेठ १६ गते शनिबार रतुवा खोलामा बोरामा प्याक गरेर फालिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरी निष्कर्षमा पुग्न अल्मलिएको हो ।
प्रहरीका अनुसार रमा गत हप्ता बुधबार राति घरबाट निस्किएकी थिइन् । शनिबार बिहान करिब ११ बजे सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा उनको शव भेटिएको थियो ।
झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार शव भेटिएको स्थानमा हत्या भएको होइन । बाहिर हत्या गरी उनको शव रतुवाको पुलमाथिबाट खोलामा फालेको देखिन्छ ।
मृतक परिवारका सदस्यले बुधबार राति ८ बजेपछि उनी घरबाट साथी भेट्न निस्किएको बताएका थिए । रमालाई भेट्न बोलाउने साथी सोही दिन सुधार केन्द्रबाट छुटेका थिए । प्रहरीले ती युवकमाथि सोधपुछ गरेको छ । तर, उनको संलग्नता पुष्टि हुने आधार भेटिएको छैन । कहाँ र कसरी हत्या भयो भन्ने निष्कर्षमा प्रहरी पुग्न सकेको छैन ।
‘शव भेटिएको स्थान प्राइमरी लोकेसन होइन, सेकेन्डरी लोकेसन मात्रै हो । प्राइमरी लोकेसन भेटिएपछि धेरै विषय खुल्छ,’ प्रहरी स्रोतले भन्यो,’ अनुसन्धान जारी छ ।’
प्रहरीका अनुसार रमाको मोबाइलको अन्तिम लोकेसन दमक बजारमा देखिन्छ । राति करिब ११ बजेको आसपासमा दमक बजारमा उनको मोबाइल अफ भएको थियो ।
घटनास्थल, मोबाइल सम्पर्क र प्रमाणका आधारमा घटनाको शृंखला पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहे पनि प्रहरी कसैलाई पक्राउ गर्ने अवस्थामा पुगिनसकेको इन्स्पेक्टर बानियाँले बताए ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा एक जना व्यक्तिको मात्रै संलग्न देखिँदैन । तर अनुसन्धान चलिरहेका बेला घटनासँग जोडिएर भिडियो अन्तरवार्ता र कन्टेन्ट सार्वजनिक भएपछि अनुसन्धानमा प्रतिकूल असर परेको प्रहरीको गुनासो छ ।
कन्टेन्ट क्रिएटरले अपुष्ट सूचना सम्प्रेषण गरेको भन्दै प्रहरीले अनुसन्धान जारी रहेका बेला अनुमानका भरमा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ ।
अनुसन्धानका संवेदनशील विवरण आधिकारिक स्रोतबाट पुष्टि नभई सार्वजनिक हुँदा न्याय सम्पादनमा प्रतिकूल असर गर्न सक्ने प्रहरीको भनाइ छ ।
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
प्रतिक्रिया