अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास खोजेको महन्थ ठाकुरको खुलासा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किनसक्ने संकेत गर्दै कालो पोसाक लगाएर विरोध जनाएका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गरेका हुन्। अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोसाक लगाएर आएको टिप्पणी गरे। 

उनले भने, ‘मैले यो ड्रेस आज लगाएँ किन? किनकी ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो। आज म यो लगाएर कहिँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ की त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ। हेरौँ, कहिले भेट्नुहुन्छ।’ 

उनले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे। 
उनले भने, ‘कहावत छ कि पराधिन सपनामा सुख छैन। पराधिन जो हुन्छ नी, त सपनामा पनि सुख हुँदैन। त्यो जागृत अवस्थामा के कस्तो होला? त्यो भन्ने अवस्था छैन। तपाई हामी यसै समाजमा छौँ, सपना त कस्तो कस्तो आईरहेको छ, सपनामा पनि हामी पीडित छौँ। तपाईहरुलाई त्यसो नलाग्ला, तपाईहरु पीडित हुनुहुन्न भने ठिकै छ।’ 

आफ्नो बहुपहिचानको चर्चा गर्दै उनले आफू मधेसी र नेपाली दुवै भएको र भित्री–बाहिरी सबै गतिविधिबारे आफू जानकार रहेको दाबी गरे।