एमालेको यूटर्न : पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीति गर्ने बाटो खुला
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीति गर्ने बाटो खुला भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेसँगै उनलाई सक्रिय राजनीति गर्ने बाटो खुलेको हो ।
भण्डारीको सदस्यता खुला भएसँगै नेकपा एमालेको नेतृत्व र पार्टी एकताको प्रक्रिया समेत अघि बढ्ने सङ्केत देखिएको छ ।
यसअघि नवीकरण भएको भण्डारीको सदस्यता समेत अध्यक्ष केपी ओलीको चाहानामा खारेज गरिएको थियो । सदस्यता खारेज भएपछि भण्डारी एमाले नेतृत्वसँग असन्तुष्ट बनेकी थिइन् । २०८२ साल साउन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता खारेज गरेको थियो ।
२०७९ सालमा राष्ट्रपतिको कार्यकाल पुरा गरेसँगै भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कन चाहेकी थिइन् । तर भण्डारी सक्रिय राजनीतिमा फर्कँदा अध्यक्ष ओलीको तेस्रो पटक अध्यक्ष बन्ने चाहनामा बाधा पुग्ने देखेर उनले भण्डारीको सदस्यता नै खारेज गरेका थिए ।
भण्डारीले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमबाट आफू सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । भण्डारीको यो घोषणासँगै एमालेभित्र तरङ्ग फैलिएको थियो ।
त्यसपछि नेकपा एमालेले ८ कारण देखाउँदै पूर्व राष्ट्रपति भण्डारीको सदस्यता खुला नहुने बताएको थियो । एमालेले संविधानको भाग ६ का विभिन्न धाराहरू नै कोट गरेर भण्डारीलाई सदस्यता दिनबाट रोकेको थियो ।
‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ ।
सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने सोही धाराको ३ मा राष्ट्रिय एकताको प्रवर्द्धक,सोही धाराको ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ’ एमालेले त्यसवेला जारी गरेको विज्ञप्तिमा भनेको थियो ।
तर, गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेको लज्जास्पद पराजय, पार्टीभित्रैबाट ओलीमाथि घेराबन्दी, नेतृत्व हस्तान्तरणको दबाब, पार्टी एकताको आवश्यकता लगायतका कारणले विद्या भण्डारीका सवालमा एमाले यूटर्न हुन पुगेको हो ।
सदस्यता खुला हुनु अघिल्लो दिनमात्र जननेता मदन भण्डारी र जिवराज आश्रितको स्मृति सभामा प्रमुख अतिथिका रूपमा विद्या मदननगर बल्खु पुगेकी थिइन् ।
पार्टीका औपचारिक फोरमहरूमा निषेध जस्तै भएकी भण्डारीलाई एकाएक जेठ ३ मा प्रमुख अतिथि बनाइएपछि एमालेभित्रको आन्तरिक शक्ति समीकरणमा ठुलो बदलाव आउने सङ्केतका रूपमा हेरिएको थियो।
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
प्रतिक्रिया